•  १६ कार्तिक २०८१, शुक्रबार
  •  2:17:54 AM

इटहरीकाे माया घरलाई ५० हजार राशिकाे पुरस्कार : मानव सेवामा महत्वपुर्ण याेग्दान : उपसभामुख राना

- श्रावण ८, २०८० मा प्रकाशित



इटहरी । सडक मानव उद्धारमा महत्वपुर्ण भुमिका निर्वाह गरी समाजमा बिशेष याेग्दान पुर्याएकाे भन्दै सुनसरीकाे इटहरीस्थित माया घर नेपाललाइ नगद ५० हजार ५० रूपैया सहित पुरस्कार राशिले सम्मान गरिएकाे छ ।

बिविध कारणवस सडकमा कस्टकर जिवन बिताउदै अाएका मानवहरूकाे उद्धारमा उल्लेखनीय भुमिका निर्वाह गरेकाे माया घर नेपाललाइ होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान सम्मान–२०८०’ बाट नगद सहित सम्मान गरिएकाे हाे । होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान ट्रस्टले माया घर नेपालले गरेकाे कामकाे उच्च मुल्याङकन सहित सम्मान गरिएकाे हाे ।

संघीय संसद प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर, ट्रस्टका अध्यक्ष तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठ, राष्ट्रगानका रचयिता व्याकुल माइलाले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सम्मान प्रदान गरेका हुन ।

बेलायतमा बस्दै आएका ट्रस्टका संरक्षक शिवजी श्रेष्ठले ८४ वर्ष पार गरेका आफ्ना बुवा होमबहादुर श्रेष्ठ र आमा प्रेमकुमारी श्रेष्ठको नाममा छ छोरा र चार छोरीले संस्था गठन गरी मातृभूमिको सेवामा समर्पित व्यक्ति–व्यक्तित्व र संघ–संस्थालाई प्रोत्साहन गर्दै सम्मान गर्दै आएको छ ।

सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी उपसभामुख इन्दिरा रानामगरले असहाय व्यक्तिको संरक्षण सरकारले गर्नुपर्ने भएपनि याे निजि स्तरकाे संस्थाले गरेकाे प्रति सम्मान प्रकट गर्नुभएकाे थियाे ।

सम्मान ग्रहण गर्दै मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले २०७४ सालदेखि सुरु गरेको संस्थामा हाल १ सय ४३ जना ज्येष्ठ नागरिक, हिंसापीडित महिला, सडक मानवको उद्धार तथा संरक्षण गर्दै आएको बताउनुभयाे । । उनले संस्थाले सम्मान पायरहदा काम गर्ने उर्जा र काधमा जिम्मेवारी थपिएकाे महसुस भएकाे बताउनुभयाे । सडकमा वेवारिसे तथा घरबार विहिन भएका व्यक्तिहरुलाई मायाघर नेपालले संरक्षण दिँदै आएको छ । संस्थामा डेढ वर्षे बालक देखि ८९ वर्षका ज्येस्ठ नागरिकहरू आश्रय लिदै आएका छन ।

Comments

सम्बन्धित खवर