खोटाङका प्रजिअ खतिवडा निलम्बित , छानविन सुरू
- श्रावण ८, २०८० मा प्रकाशित
खाेटाङ । भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन्। तत्कालीन सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् लाइन विस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा रेका हुन्।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले खतिवडालाई आइतबार नै निलम्बन गरिएको जानकारी दिएका छन्। खतिवडा निलम्बनमा परेपछि उनको स्थानमा अर्का प्रजिअ पठाउने निर्णय भने भइनसकेको शर्माले बताएका छन्। खतिवडा असार तेस्रो साता मात्रै प्रजिअ बनेर खोटाङ पुगेका थिए।
शर्माका अनुसार अर्को प्रजिअ नपठाउन्जेललाई सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले निमित्त प्रजिअको भूमिका निर्वाह गर्ने छन्।
खतिवडाले तत्कालीन सिद्धिचरण नगरपालिकामा कार्यरत रहँदा उक्त नगरपालिकाको वडा नम्बर १ मा विद्युतीकरणका लागि लागत अनुमान स्वीकृत गरी नगरपालिका र उपभोक्ता समितिको जनसहभागिताबाट समेत व्यहोर्ने गरी केन्द्रीय विद्युतका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवम् निर्माण आयोजनामा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments