कांग्रेस बैठक : आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने
- श्रावण ५, २०८० मा प्रकाशित
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज (शुक्रबार) पनि बस्दै छ । तीन दिनदेखि जारी बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।
बैठकमा केन्द्रीय सदस्यहरू बोल्ने क्रम जारी छ । आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने छन् । हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ । बिहीबारको बैठकमा सुशासन र भ्रष्टाचारको विषय उठेको थियो । तर, संस्थापनइतर पक्षले मात्रै यो विषय उठाएको थियो । संस्थापन पक्षका नेताहरू नक्कली भुटानी शरणार्थी प्ररकणमा मुछिएका बालकृष्ण खाँणको बचाउमा उत्रिएका थिए । इतर समूहले भने त्यसको खुलेरै त्यसको विरोध गरेको थियो ।
उनीहरुले पार्टी पदाधिकारीबीच देखिएको फरक मतले पार्टी बलियो हुन नसक्ने बताए । त्यस्तै प्रदेश सभापतिहरुले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै नेतृत्वप्रति आक्रोश पोखे । अधिकांश सदस्यले गुटबन्दी मौलाएको, सरकार र पार्टीबीच समन्वय हुन नसकेको र पार्टी विधानअनुरुप चल्न नसकेको धारणा राखे ।
त्यस्तै केही नेताहरुले कोशी प्रदेश नामकरणमा पार्टीले आधिकारिक धारणा नबनाएको भन्दै प्रश्न गरेका थिए । यस्तै, सदनमा पार्टीको उपस्थिति कमजोर भएकाले संसद बैठकमा जानुपूर्व सल्लाह गर्नुपर्नेमा पनि नेताहरुको जोड थियो । बैठकमा सह–महामन्त्रीहरुलाई जिम्मेवारी नदिइएको, भ्रातृ संस्थाहरुलाई पार्टीले मरणासन्न अवस्थामा पुर्याउँदा तीनै तहको निर्वाचनमा असर परेको, नातावाद हावी भएको, पार्टीमा गुटबन्दीको अवस्था रहेकोलगायत विषय औंल्याएका थिए ।
बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीमा कार्यकर्ता र जनताको असन्तुष्टि बढेको, गठबन्धनले निर्वाचनमा पहिलो दल बने पनि कांग्रेसले राजनीति हारेको, सरकार जनतासँग नजोडिएको, क्रियाशील सदस्यतालगायत विषयमा आफ्नो धारणा रोख । साउन २ गते सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा १० वटा एजेण्डा र विभिन्न प्रतिवेदनमाथि छलफल भइरहेको छ । बैठक अझै दुई दिन लम्बिने कांग्रेसले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments