•  १६ कार्तिक २०८१, शुक्रबार
  •  8:23:43 PM

हवाई भाडा आजदेखि ६ प्रतिशत बढ्ने

- श्रावण १, २०८० मा प्रकाशित



काठमाडौं । वायुसेवा कम्पनीहरूले आज (सोमबार) देखि लागु हुनेगरी हवाई भाडा ६ प्रतिशत बढाउने भएका छन् । सरकारले मूल्य अभिवृद्धि कर लगाएको भन्दै नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गरी आन्तरिक उडानमा भाडा वृद्धि गर्ने जानकारी दिएको थियो ।

आर्थिक वर्ष २०८०/०८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ । सरकारले सेवा शुल्कबापत १३ प्रतिशत भ्याट लगाएको छ ।

तर, हवाई टिकटमा भ्याट कार्यान्वयन गरे पनि १३ प्रतिशतकै दरमा शुल्क नबढ्ने बताइएको छ । हवाई इन्धन, कार्यालय सञ्चालनका सामग्री लगायतको खरिदमा तिरेको भ्याट कम्पनीहरूले फिर्ता पाउने भएकाले १३ प्रतिशत नै शुल्क नबढ्ने जानकारी दिएको छ ।

Comments

सम्बन्धित खवर