•  ९ मंसिर २०८१, आईतवार
  •  9:16:54 AM

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

- असार ३१, २०८० मा प्रकाशित



काठमाडौँ । प्रतिनिधिसभा बैठक आज (शुक्रबार) बस्ने भएको छ । बैठक अपराह्न १ बजे नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने छ । बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकलगायतमा छलफल हुनेछ । सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समय सीमा आज सकिँदैछ ।

यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

Comments

सम्बन्धित खवर