•  १६ कार्तिक २०८१, शुक्रबार
  •  6:12:11 PM

बाढी–पहिरोले दुई राजमार्ग पूर्णरुपमा अवरूद्ध, १५ वटा एकतर्फी चल्दै

- असार ३०, २०८० मा प्रकाशित



काठमाडौं । लगातारको वर्षापछिको बाढी–पहिरोका कारण अहिले दुई राजमार्ग पूर्णरुपमा अवरूद्ध भएका छन् । १५ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ ।

तानसेन–रिडी–कोरला, डुम्रे–बेशीसहर–चामे, कोशी राजमार्ग अन्तर्गत रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट– तुम्लिङटार–खाँदबारी–नुम–किमाथांका सडक, सिद्धार्थ राजमार्गको पाल्पास्थित बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडकखण्ड, कर्णाली राजमार्गको दैलेखस्थित जमुनाह–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु लगायतका विभिन्न राजमार्ग एकतर्फी सञ्चालनमा छन् ।

केचना–चन्द्रगढी, चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला जोड्ने मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलाको पुल बगाउँदा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ । त्यस्तै चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने तमोर करिडोरको सडक पनि पाँचथर माझीटारस्थित हेवा खोलामा अवरूद्ध छ । मनसुन सुरू भएयता १७ वटा सडक ९० स्थानमा अवरूद्ध भएको थियो । अहिलेसम्म २४ करोड ९६ लाखको अनुमानित क्षति भएको विभागले जानकारी दिएको छ ।

Comments

सम्बन्धित खवर