•  ९ मंसिर २०८१, आईतवार
  •  11:56:51 AM

एमाले सचिवालय बैठक बस्दै, के–के छन् छलफलका एजेण्डा ?

- असार ३०, २०८० मा प्रकाशित



काठमाडौँ । नेकपा एमालेको सचिवालय वैठक आज (शनिबार) बस्दै छ । च्यासल, ललितपुरस्थित पार्टी मुख्यालयमा सो बैठक बस्न लागेको हो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसामयिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक सङ्गठन निमार्णका बारेमा समीक्षा गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

सचिवालय बैठक बस्न अघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक रूपमा छलफल गरेका थिए । उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भइरहेका काम कारबाहीको बारेमा छलफल गरे पछि आज सचिवालय बैठक बोलाइएको हो । बैठकले सांगठानिक संरचना, केन्द्रीय नेताहरूको कार्यबिभाजन तथा अन्य विषयमा छलफल गर्नेछ ।

Comments

सम्बन्धित खवर