प्रचण्डलाई चिनियाँ नेता लिउको समवेदना
- असार २८, २०८० मा प्रकाशित
काठमाडाैं । चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० ले पत्नी वियोगमा परेका प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति समवेदना प्रकट गरेको छ । सीपीसीका विदेश विभाग प्रमुख लिउ जियनचाउले वक्तब्य जारी गर्दै प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष दाहालकी पत्नी सीता दाहालको निधन भएकोमा गहिरो दुःख व्यक्त गदै प्रचण्डप्रति समवेदना व्यक्त गरेको हो ।
सीता दाहाल माओवादीकी महत्वपूर्ण नेतृ रहेको जनाउँदै लिउले प्रचण्ड दुईपटक चीन भ्रमणमा आउँदा सीतासंग भेटवार्ता भएको पनि स्मरण गरेकाछन् । आफनो देशको विकास र समृद्धिमा प्रतिबद्ध भएर लागिरहेकाबेला ठूलो दुःख परेको जनाउँदै लिउले सबै संकटको सामना गर्न सक्ने शक्ति प्राप्त हुने विश्वास गरेकाछन् । उनले दाहालप्रति चीनको साथ, समर्थन र विश्वास सदैव रहिरहने समेत जनाएकाछन ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments