•  १६ कार्तिक २०८१, शुक्रबार
  •  6:07:51 PM

तराइका थाेरै जिल्लामा अविरल वर्षा : झापा , माेरङ र सुनसरीमा खतराकाे संकेत

- असार २८, २०८० मा प्रकाशित



इटहरी । तराइका केहि जिल्लाहरूमा अझै केहि समय अविरल वर्षा जारी रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले निरन्तरकाे वर्षालाइ मध्यनजर गर्दै सुनसरी , माेरङ र झापामा बाढी आउने भएकाेले सतर्क रहन अनुराेध पनि गरेकाे छ । सुनसरीकाे इटहरी , धरान , तरहरा , माेरङकाे उर्लावारी , सुन्दरहरैंचा र झापाका अधिकांस खाेला तथा पैनीहरूमा पानीकाे सतह बढेर बाढी आउने हुदा सतर्क रहन आग्रह गरेकाे हाे ।

महाशाखाका अनुसार सुनसरीको धरान, चतरा तथा झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एअरपोर्ट तथा आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भइरहेकोले त्यस क्षेत्रका नदीहरूमा बाढीको जोखिम रहेका जनाएकाे छ । महाशाखाले तटीय तथा होचा क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

झापा र सुनसरीसहित कोशी प्रदेशका सबैजसो ठाउँमा गएरातिदेखि नै वर्षा भइरहेको छ । आज पनि यो प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाकाे भनाइ छ ।

Comments

सम्बन्धित खवर