हेलिकप्टर दुर्घटना अपडेट : ४ जनाकाे शव भेटियाे २ जनाकाे खाेजी हुदै
- असार २६, २०८० मा प्रकाशित
साेलुखुम्बु । मनाङ एयरको हेलिकोप्टर दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको छ। अहिले दुर्घटनास्थलमा केही स्थानीहरू पुगेका छन्। घटनास्थल पुगेका स्थानीय जीवन विकले हेलिकोप्टर दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको जानकारी दिए। उनले भने,’दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको छ। दुईजनाको शव भेटिएको छैन। खोजि गरिरहेका छौं।’
हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक पाँचैजना म्याक्सिकन नागरिक सवार छन्। ९ एनए- एमभी कल साइन भएको हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए।
हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन्। उनीहरू सबै म्याक्सिकन नागरिक हुन्। सुलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको थियो।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments