•  १६ कार्तिक २०८१, शुक्रबार
  •  4:12:39 PM

बेपत्ता हेलिकोप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना ,सवार पाँचै जना मेक्सिकन नागरिक

- असार २६, २०८० मा प्रकाशित



साेलुखुम्बु । मंगलबार सोलुखुम्बुको लामाजुरादेखि बेपत्ता ९ एन एमभी कलसाइनको मनाङ एयरको हेलिकोप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक भएको खुलेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले हेलिकोप्टरमा मेक्सिकन नागरिक भएको जानकारी दिए।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि बिहान १० बजे उडेको यो हेलिकोप्टर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो। दूधकुण्ड नगरपालिका २ लामाजुरासम्म सम्पर्कमा रहेको उक्त हेलिकोप्टर त्यसपछि सम्पर्कविहीन भएको थियो।

विमान लामाजुरा नजिक दुर्घटना भएको खबर स्थानीयले दिएपछि अहिले प्रहरीको टोली त्यसतर्फ लागेको छ। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार स्थानीयको सूचनापछि बेनी प्रहरी चौकीबाट असईको नेतृत्वमा टोली त्यसतर्फ गइसकेको छ।

Comments

सम्बन्धित खवर