काठमाडौंमा अपराधका श्रृङ्खला : ‘मर्निङ वाक’ मा निस्किएका आठ महिलाको सिक्री लुटियो, पाँच जना पक्राउ
- असार २४, २०८० मा प्रकाशित
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा श्रृंखलाबद्ध रुपमा लुटपाटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मर्निङ वाकमा निस्किएका महिलाहरूलाई पिछा गर्दै सुनको सिक्री लुटपाटमा संलग्न उनीहरूलाई पक्राउ गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको हो ।
उनीहरूलाई असार २२ गते पक्राउ गरिएको थियो । उनीहरूले असार १९ गते चक्रपथ बंगलामुखी मन्दिर नजिकै ६० वर्षकी कान्छी श्रेष्ठ, २० गते पौने ५ बजे टोखामा मर्निङ वाक निस्किएकी ४३ वर्षीया रिता श्रेष्ठ, त्यही दिन पौने ६ बजे खागलमा मर्निङ वाक हिँडेकी वृद्धा सरस्वती डंगोलको सिक्री लुटपाट गरेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनीहरुले मर्निङ वाकमा निस्किएका आठ महिलाको सुनको सिक्री लुटेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा रामेछाप लिखु गाउँपालिका दुरागाउँका रविन दमाई, सुनसरी धरानका रवि विश्वकर्मा, काभ्रे पाँचखालका उमेश क्षेत्री, धनकुटा लेगुवाका राहुल माझी र भारत पश्चिमबंगाल घर भई हाल न्युरोड बस्दै आएका श्रीकान्ता माईती छन् ।उनीहरूको साथबाट ११.२ ग्रामको सुनको ढिक्का १ थान, लुटपाटमा प्रयोग गरिएको मोटरसाइकल २ थान, मोबाइल ६ थान र ४७ ग्रामको सुनको नेक्लेस बरामद गरिएको प्रहरीले बताएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments