अन्ततः बलिउड चलचित्र आदिपुरुषका लेखकले माफी मागे
- असार २३, २०८० मा प्रकाशित
एजेन्सी । आदिपुरुषका लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन्। आदिपुरुष फिल्मले सनातनी हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरुलाई गलत रुपमा देखाएको भन्दै सवत्र आलोचना हुदाँ पनि माफी माग्न अस्विकार गरेका लेखकले अन्ततः एक महिना पछि माफी मागेका छन्।
‘आदिपुरुष फिल्मबाट जनभावनामा चोट पुगेको म स्वीकार गर्दछु, मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निःशर्त माफी चाहन्छु,’ उनले ट्विटरमा माफी माग्दै अगाडि लेखेका छन्, ‘भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटूट रहन र हाम्रो पवित्र शाश्वत र महान देशको सेवा गर्ने शक्ति प्रदान गरुन्।’
नेपाली चेली सितालाई भारतीय भनेर प्रचार गराएको भन्दै नेपालमा सो फिल्म प्रतिबन्ध लगाईएको थियो भने उनले लेखेका संबाद र भिएफएक्सका कारण रामायणका पात्रहरुलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै भारतका बिभिन्न अदालतमा सो फिल्म बिरुद्ध मुद्दा दर्ता भएको थियो।
टपोरी भाषामा फिल्मका संबाद राखिएको भन्दै बिबादमा परे पछि केही संबाद सच्चाए पनि लेखक शुक्लाले आलोचनाहरुको प्रतिवाद गर्दै आएका थिए, जसकाकारण सो फिल्म आफनो लगानीसमेत उठाउन नसकेर फ्लप भएको थियो।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments