कोशीमा नयाँ सरकार गठनको सकस : प्रदेश प्रमुखले दिएको समय आज सकिँदै
- असार २१, २०८० मा प्रकाशित
इटहरी । कोशीमा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय सीमा आज (बिहीबार) सकिँदैछ । प्रदेश प्रमुख खापुङले दिएको समय साँझ ५ बजे सकिँदैछ ।
प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अन्तर्गत मुख्यमन्त्री नियुक्तिका लागि दिएको सीमा तोकेका थिए । केन्द्रीय सत्तारुढ गठबन्धनका दलहरूले नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेका छन् । तर अहिलेसम्म थापाको नेतृत्वमा बहुमत पुगेको छैन ।
कांग्रेसलाई राप्रपाले समर्थन नगर्दा बहुमत पुग्ने देखिँदैन । बहुमतका लागि ४७ सांसदको समर्थन चाहिने भए पनि कांग्रेस नेतृत्वको गठबन्धनमा ४६ सांसद मात्रै छन् । राप्रपा कोशी प्रदेश संसदीय दलले सरकारमा सहभागी हुने / नहुने भन्ने विषयमा निर्णय गर्ने जिम्मा दिए पनि अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै निर्णय गरिसकेका छैनन् ।
उनीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र मुख्यमन्त्रीका दाबेदार उद्धव थापाले पटक–पटक भेट गरेका छन् तर कुनै निष्कर्ष निस्किएको छैन । कांग्रेसलाई राप्रपाले साथ नदिने भएपछि माओवादी केन्द्रले पनि एमालेसँग मिलेर सरकार बनाउने सम्भावनाको चर्चा चलिरहेको छ । कांग्रेस र एमाले मिलेर सरकार बन्नसक्ने पनि चर्चा भइरहेको छ । कोशीमा एमाले–राप्रपासँग पनि ४६ सांसद छन् । एमालेसँग मात्रै ४० सांसद छन् ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments