एमाले सचिव भट्टराईमाथि इलाममा पहिचानवादीको आक्रमण प्रयास
- असार १४, २०८० मा प्रकाशित
इटहरी । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताहरुले इलाममा आक्रमण प्रयास गरेका छन्।कोशी राखिएको प्रदेश १ को नाम पुन:नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमसहितको टोलीले भट्टराईलाई इलाम सदरमुकाममा आक्रमण प्रयास गरेका हुन्।
७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा इलाममा आयोजित ‘आजको लोकतन्त्र, उपलब्धी र चुनौती’ विषयक अन्तरसंवादमा सहभागी हुने क्रममा भट्टराईमाथि आक्रमण प्रयास भएको हो। त्यस कार्यक्रमलाई सम्बोधनका लागि उनीसँगै नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे पनि पुगेका थिए।
भट्टराई सवार गाडीमै आक्रमण प्रयास भएपछि प्रहरीले जोगाएको थियो। आक्रमण प्रयाससहित पहिचानपक्षधरहरुले भट्टराईलाई कालोझण्डा पनि देखाए। सशस्त्र प्रहरीले रोके पनि भट्टराई चढेको गाडी छेकेर पहिचानवादी कार्यकर्ताहरुले पहिचानविरोधी होसियार भन्दै नाराबाजी गरे।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments