एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले भने, ‘म त सपनामा पनि एमाले नै देख्छु’
- असार १४, २०८० मा प्रकाशित
इटहरी । नेकपा (एकीकृत समाजवादी) कोसी प्रदेश संसदीय दलका नेता तथा केन्द्रीय कमिटी सचिव राजेन्द्र राईले आफूले सपनामा पनि एमाले नै देख्ने र भाषण गर्ने गरेको बताएका छन् ।
आज प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत माग्न गरेको प्रस्तावमा बोल्दै राईले आफूलाई ‘एमालेमै फर्किऊँ, फर्किऊँ जस्तो लागेको’ पनि बताए । ‘तर, एमालेले पेल्ने नीति अझै लिएको छ । यस्तोमा अहिले नै मत माग्दा दिन सकिँदैन’, उनले भने । एमालेबाट छुट्टिएको करिब दुई वर्षपछि सचिव राइले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
‘एमाले कै झण्डा बोकेर हिडेको देख्छु । एमालेकै तर्फबाट ढुंगामुडा गरेको देख्छु । जतिबेला पनि एमाले नै देख्छु,’ राईले भने, ‘तर एमालेले हामीलाई लिन चाहेन । अरु बेला खोजेन । अहिले विश्वासको मत चाहिने बेलामा मात्र खोज्यो ।’
राईले पार्टी एकीकरण गरेर एक नै हुन सकिने र एउटै संसदीय दल समेत बनाउन सकिने जिकिर गरे । ‘सरकार जोगाउने बेलामा मात्र होइन अरू बेला पनि खोजी गरियोस्’, उनले भने । राईले प्रदेश सरकार गठन भएपछि जनतामा विकासका धेरै अवसर पुगेको पनि सुनाए । एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments