पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच वार्ता सुरु : काेशी नाम खारेज गर्न माग
- असार ४, २०८० मा प्रकाशित
इटहरी । पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच विराटनगरमा वार्ता सुरु भएको छ । प्रदेशको नाम पहिचानको आधारमा राख्नु पर्ने माग गर्दै लामो समयदेखि आन्दोलनरत रहेको पहिचान पक्षसँग प्रदेश सरकारले संवाद थालेको हो ।
‘कोशी’ नाम खारेज गरी जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गरिनुपर्ने पहिचान पक्षधरहरुले माग राख्दै आएको छ । प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो । नामकरणप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्ष धरले पहिचानको आधारमा नाम राख्नु पर्ने माग गर्दै गत फागुनदेखि नै आन्दोलन गरिहेका छन् ।
आन्दोलनकारीको मुख्य माग भनेकै प्रदेश १ को पुनः नामकरण गर्नुपर्ने हो । संयुक्त संघर्ष समिति गठन गरेरै पहिचान पक्षधरहरुले आन्दोलन जारी राखेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments