•  १७ कार्तिक २०८१, शनिबार
  •  3:10:21 AM

जहाँ बिहे गर्न केटा र केटी दुवैले वडा कार्यालयबाट सिफारिस लिनैपर्छ

- जेष्ठ ३१, २०८० मा प्रकाशित



जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–९ नम्बर वडा कार्यालयले विवाह गर्नुअघि अनिवार्य रूपमा सिफारिस लिनुपर्ने नियम लगाएको छ।बालविवाह न्यूनीकरणका लागि वडा कार्यालयले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो।

वडाध्यक्ष शिवराज गिरीले भने, “बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल-बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ।”

विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको शिवराज गिरीले बताए। 

वडालाई बालमैत्री वडा घोषणा गरिएको छ। यसको दिगोपनका लागि विवाह गर्नु पहिले युवक-युवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनाइएको वडाध्यक्ष गिरीले बताए। जन्मदर्ता र नागरिकता साथमा ल्याई विवाहका लागि सिफारिस लिन सकिने छ। 

Comments

सम्बन्धित खवर