•  १७ कार्तिक २०८१, शनिबार
  •  3:11:12 AM

निर्वाचन आयोगले आज पाँच विषयमा राजनीतिक दलहरुसँग छलफल गर्दै

- जेष्ठ २६, २०८० मा प्रकाशित



काठमाडौँ । निर्वाचन आयोगले जिल्ला निर्वाचन खारेजीलगायत विभिन्न पाँच विषयमा छलफल गर्न आज (शुक्रबार) सर्वदलीय बैठक बोलाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहान साढे ११ बजे बैठक बस्ने गरी राजनीतिक दलहरूलाई बोलाइएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरे पछिको अवस्थाका बारेमा जानकारी गराउन निर्वाचन आयोगले राजनीतिक दलका नेताहरूलाई छलफलमा बोलाएको हो ।

निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली सङ्कलन गर्ने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन र राजनीतिक दलका लेखा परीक्षणको सम्बन्धलगायतका विषयमा पनि आज छलफल हुने प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।

यी हुन् छलफलका पाँच विषय
१. निर्वाचन कार्यालयको खारेजी सम्बन्धमा ।

२. निर्वाचन कानुनको विधेयक सम्बन्धमा ।

३. स्थानीय तहसँगगको सहकार्यमा मतदाता नामावली संकलन सम्बन्धमा ।

४. विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन सम्बन्धमा ।

५. दलको लेखा तथा लेखापरीक्षण सम्बन्धमा ।

Comments

सम्बन्धित खवर