•  १७ कार्तिक २०८१, शनिबार
  •  1:09:43 AM

संसदमा एमालेको प्रश्न : के आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्ने भनियो ?

- जेष्ठ २२, २०८० मा प्रकाशित



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सीमा नाका र जग्गा सट्टा भर्ना गर्ने अधिकार नभएको बताएको छ ।

आज (सोमबार) को प्रतिनिधिसभा बैठकको सुरुवातमै समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले कालापानी, लिपुलेक र लिम्पियाधुराको ठाउँमा भारतको मार्ग हुँदै बंगलादेश जाने मार्गका विषयमा दिएको अभिव्यक्तिमा आपत्ति जनाएका हुन् । उनले सो विषयमा राष्ट्रियता बन्धक राख्न नसक्ने र बेच्न नसक्ने भन्दै त्यसलाई लम्पसारवादको संज्ञा दिए । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा कुनै पनि सर्तमा नेपालको संविधानले अरू विदेशीलाई दिने अधिकार दिएको छैन । के आधारमा उहाँले दिनुभयो ?’, भट्टराईले प्रश्न गरे ।

उनले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा बिमस्टेक सम्मलेन, सार्क सम्मेलन गराउने विषयमा के छलफल भएको छ भन्दै ईपीजी प्रतिवेदन बुझाउने र पञ्चेरश्वरको परियोजनाको सम्झौता किन अघि बढेन भन्दै प्रश्न थपे । ‘बिमस्टेक समिट भएको छैन । सार्ककको अध्यक्ष राष्ट्र हुनुको नाताले २०१८ देखि सार्ककको समिट भएको छैन । अध्यक्ष भएको नाताले यसमा पहल हनुपथ्र्यो’, उनले भने, ‘ईपीजीको बारोमा प्रश्न उठाउँदा सीमाको पञ्चेश्वरको बारेमा प्रश्न उठाउँदा परिस्थिति बिग्रिन्छ, मधेस डुबेको विषयम बिग्रन्छ भने के विषय उठाउँदा हुन्छ त ?’

उनले मनमोहन अधिकारी, गिरीजप्रसाद कोइराला, केपी ओली प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमण जाँदा जस्तो गर्वलायक प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण नभएको पनि बताए । ‘आजदेखि हैन मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेलादेखि हामीले सीमा विषय उठाएको हो । यसमा हामी गर्व गर्छौं र हामी गर्व गर्दछौँ गिरिजाप्रसाद कोइराला भारत भ्रमण जाँदा मनमोहन सिंहले अधिकारीले स्वागत गरेकोमा गर्व गर्दछौँ । नाकाबन्दीको बेला केपी ओलीले भारत भ्रमण नगरर लिएको साहसको सम्मान गर्दछौँ’, उनले भने ।

Comments

सम्बन्धित खवर