एमाले भित्र ब्यापक जिम्मेवार हेरफेर : काेशी प्रदेशका सबै जिल्लामा फेरीए इञ्चार्ज , सुनसरीमा शेरधन, माेरङमा हिकमत
- जेष्ठ २२, २०८० मा प्रकाशित
इटहरी । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेशका सबै जिल्ला ईञ्चार्ज हेरफेर गरेको छ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको बैठकले प्रदेशसहित सबै जिल्ला ईञ्चार्ज फेर्ने निर्णय लिएको हो।
एमालेले राजेन्द्र गौतमलाई प्रचार विभाग प्रमुखमा लगेपछि कोशी प्रदेश ईञ्चार्जमा केन्द्रीय सचिव रघुवीर महासेठलाई लगिएको छ।प्रदेश इन्चार्ज हेरफेर गरेसँगै एमालेले जिल्ला इन्चार्ज पनि फेरेको हो। एमालेले मोरङ जिल्ला इन्चार्जमा स्थायी कमिटी सदस्य हिक्मत कार्कीलाई जिम्मेवार दिएकाे छ भने सुनसरीमा शेरधन राइलाइ दिएकाे छ । यस अघि माेरङकि इञ्चार्ज डा. शिवमाया तुम्बाहाङ्फेलाई इलाम जिल्ला इन्चार्ज बनाएको छ।
त्यस्तै झापामा विशाल भट्टराई, सोलुखुम्बुमा किशोर अधिकारी, ओखलढुंगामा खगेन्द्र राई, खोटाङमा राजेन्द्रकुमार राई, संखुवासभामा जीवन घिमिरे, उदयरपुरमा पर्शुराममेघी गुरुङलाई ईञ्चार्ज बनाएको छ। बैठकले भोजपुरमा रविन कोइराला, तेह्रथुममा टंक आङबुहाङ, सुनसरीमा शेरधन राई, धनकुटामा विनोद ढकाल, ताप्लेजुङमा वसन्तकुमार नेम्वाङ र पाँचथरमा तिलकुमार मेन्याङ्बोलाई जिल्ला ईञ्चार्ज बनाएको छ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments