•  १७ कार्तिक २०८१, शनिबार
  •  1:23:54 AM

इटहरीकाे मुख्य राजमार्गमा पहिचान पक्षधरकाे साकेला : काेशी नाम खारेजकाे माग 

- जेष्ठ २०, २०८० मा प्रकाशित



इटहरी । कोसी नामा करण खारेजीको माग गर्दै पहिचान पक्षधरले शनिवार दिउसो इटहरीको मुख्य राजमार्ग क्षेत्रमा साकेला नृत्य प्रस्तुत गर्दै विरोध गरेका छन् ।

कोसी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गरिनुपर्ने उनिहरकाे माग छ । गत फागुन १७ गते प्रदेश सरकारको बहुमतले प्रदेश एकको नाम कोसी राखेसँगै पहिचान पक्ष धरहरू आन्दोलित बनेका छन् ।

नामकरणबारे पुनः बिचार गरियाेस भन्दै देशभरका किरात समुदायसँग आबद्ध सङ्घसंस्थाहरू आन्दोलनमा उत्रिएका हुन । शनिवार पहिचान पक्षधरले इटहरी चोकको  मुख्य राजमार्ग अवरुद्ध गरी विरोध स्वरूप साकेला नृत्य प्रस्तुत गरेका थिए । सम्भावित घटनालाई मध्यनजर गर्दै इटहरीको मुख्य चाैकमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । 

Comments

सम्बन्धित खवर