इटहरी यातायातमा प्रहरी पुग्दा बिचाैलीयाकाे भागागाग : बिमा कम्पनीकाे बाेर्ड राखेर लुटकाे धन्दा , एक कर्मचारी सहित २२ जना बिचाैलीया पक्राउ
- जेष्ठ ३, २०८० मा प्रकाशित
इटहरी । बुधबार दिनकाे ३ बजेकाे थियाे सुनसरीकाे इटहरी उपमहानगरपालिका १ हलगढास्थित काेशी अञ्चल यातायात व्यवस्था कार्यालय (सवारी दर्ता)मा सेवाग्राहिहरूकाे पनि भिड उत्तीकै थियाे । केहि सेवाग्राहिहरू कार्यालयकाे काम कार्वाहिबाट असन्तुस्ट जनाउदै एक्लै भुतभुताउदै बाहिरिदै गरेका देखिन्थे भने केहि छेउ छाउका ब्याक्तीहरूलाइ फाइल दिएर काम सक्ने तरखरमा देखिन्थे ।
त्यतिकैमा एक प्रहरीकाे गाडी कार्यालय प्रवेश गरेपछि त्यहाकाे माहाेल नै अर्कै बन्याे । प्रहरी पुगेपछि कार्यालयकाे आधा भिड त्यसै हरायाे अनुशन्धानपछि खुल्याे कार्यालयमा सेवाग्राहि भन्दा बिचाैलीयाकाे भिड बढि लाग्ने रहिछ । करीब १५ मिनेटकाे केरकार पछि प्रहरीले एक्कासी एकसनमा उत्रिएपछि क्षणभरमै २२ जना बिचाैलीया समातिन पुगे ।
सवारी दर्ता गर्नका लागि काेशी अञ्चलका बिभिन्न जिल्लाबाट अाएका सेवाग्राहिहरूबाट अवैध रूपमा रकम असुली गर्ने गिराेहबारे प्रहरीकहा यस अघि नै शुचना पुगिसकेकाे थियाे । इटहरी प्रहरीले यस अघि पनि साे कार्यालय परिषरमा पुगेर केहि लेखापढि व्यवसायीहरूलाइ गलत काम नगर्न चेतावनी दिइसकेकाे थियाे ।
तर कुरा प्रहरी कार्यालय मात्र नभइ जिल्ला प्रसाशन हुदै काेशी प्रदेश प्रहरी कार्यालय सम्म पुगेपछि बुधबार प्रहरीले एकसन लिन पुगेकाे हाे । प्रहरी पुग्दा बिचाैलीयाहरूकाे भागदाैड मचिएकाे थियाे भने कार्यालय परिसरमा पनि खैलाबैला मच्चीएकाे थियाे । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले कार्यालय बाहिर बिचाैलीयाकाे रवाफ बढेकाे , सरकारी सहि छाप समेत किर्ते बनाउने गरेकाे जनगुनासाे बढेपछि एक्सनमा उत्रिनु परेकाे बताए ।
उनले एक जना कर्मचारी सहित १६ जना लेखापढि व्यवसायी र ५ जना साेरूम सञ्चालक तथा मज्दुर समेतलाइ पक्राउ गरिएकाे बताए । राखेप शुब्बा बताउने यातायातकै कर्मचारी निराजन कार्की सहित प्रहरीले २२ जना बिचाैलीयालाइ पक्राउ गरेकाे हाे । बाहिर बिभिन्न बिमा कम्पनीकाे बाेर्ड राखेर भित्र दलालीकाे काम गरेकाे प्रहरी अनुशन्धानले देखाएकाे पनि डिएसपी काफ्लेले बताए ।
प्रहरीले पक्राउ गरेका १६ जना लेखापढि व्यवसायीहरूबाट सबै कागजपत्र नियन्त्रणमा लिएकाे छ । कागजपत्र अनुशन्धान गर्दै जादा काेशी गाउपालिकाकाे छाप भेटिएकाे बताइएकाे छ । घटनाबारे अहिले अनुशन्धान भइरहेकाे प्रहरी भनाइ छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments