प्रहरी हिरासतमै पूर्वसांसद शेर्पाको टाउकोमा कसरी लाग्याे गम्भीर चोट ?
- जेष्ठ २, २०८० मा प्रकाशित
काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सोमबार साँझ प्रहरीसमक्ष आत्मसमर्पण गरेका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाको टाउकोमा रहस्यमय तरिकाले गम्भीर चोट लागेको पाइएको छ। प्रहरी परिसर काठमाडौंको हिरासतमै रहेका बेला शेर्पाको टाउकामा गम्भीर चोट देखिएको हो। उनलाई ट्रमा सेन्टरमा लगी उपचार गराएर पुनः प्रहरी परिसरमै फर्काइएको प्रहरीले जनाएको छ।
तर प्रहरीको नियन्त्रणमा रहेका उनलाई कसरी टाउकामा चोट लाग्यो भन्ने विषयमा प्रहरीले बताउन चाहेन। परिसरका प्रवक्ता एसपी सीताराम रिजालले अहिले शेर्पा आफूहरूकै नियन्त्रणमा रहेको र सोधपुछ भइरहेको बताए। तर उनको टाउकामा कसरी चोट लाग्यो भन्ने प्रश्नमा भने रिजालले उत्तर दिएनन्।
भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोपमा अदालतबाट उनीविरुद्ध पनि शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी हुनु पहिले नै फरार भएका शेर्पा आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन्।उनीविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो। यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नपोल्न दबाब दिएको आरोप शेर्पालाई लागेको छ।
खासगरी शेर्पाले बालकृष्ण खाँणको नाम नलिन हिरासतमै पुगेर सानु भण्डारी र केशव दुलाललाई भेटेका थिए। उनले पीडितको रकम फिर्ता गरिदिने भन्दै खाँणलाई जोगाउन खोजेका थिए।तर, प्रहरीले पूर्वगृहमन्त्री खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ। पछिल्लोपटक आइतबार राति नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन्।यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments