बालकृष्ण खाँणको बयान आज पनि
- जेष्ठ २, २०८० मा प्रकाशित
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान आज (मंगलबार) पनि हुँदैछ ।गत वैशाख २७ गते पक्राउ परेका खाँणको बयान हिजो सोमबारबाट सुरु भएको थियो । सोमबार सरकारी वकिलको कार्यालयमा पु¥याइएकोमा बयान नसकिएपछि आज पनि बयान हुन लागेको हो ।
शरणार्थी प्रकरणमा मुछिएसँगै खाँणले आफ्नो मोबाइल फोन फरम्याट गरेका थिए । उनको मोबाइलको डाटा रिकभर हुनका लागि समय लागे पछि हिजो सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ । शरणार्थी प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफनो बयानको क्रममा तत्कालीन गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर एक करोड ४६ लाख रुपैयाँ बुझाएको बताएका थिए ।
यस्तै प्रकरणमा पक्राउ परेका तत्कालिन गृह सचिव टेकनारायण पाण्डेले पनि खाँणको निर्देशनमा आफूले काम कारबाही अघि बढाएको बयान दिएपछि प्रहरीले खाँणलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
Comments