राजतन्त्र र हिन्दु राष्ट्रबारे छलफल गर्न राप्रपाको केन्द्रीय समितिको बैठक बस्दै
- जेष्ठ १, २०८० मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । धुम्बाराहीमा केही बेरमा सुरु हुने केन्द्रीय समिति बैठक यही जेठ ३ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, वैशाख १० गते सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिर्पोटिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । देशमा चौतर्फी संकट आएको भन्दै राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दुराष्ट्र, भ्रष्टाचारमुक्त प्रशासन, सुशासन, विकास र आर्थिक समृद्धिका मुद्दामा योजनावद्ध ढंगले अघि बढ्न बैठकले विस्तृत छलफल गर्ने राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले बताए ।
उनका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी सङ्गठनको रणनीति र कार्यनीति सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नेछन् । बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रिय सदस्यले आफ्नो धारणा राख्ने तथा सोही बैठकले पार्टीको आगामी कार्ययोजना र कार्यदिशाका बारेमा आफनो धारणा बनाउने बताइएको छ । बैठक वैशाख ३० र ३१ गते बस्ने भनिए पनि तयारी नभएको भन्दै आजका लागि सारिएको थियो ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments