•  ८ मंसिर २०८१, शनिबार
  •  1:04:47 PM

इटहरीवासिले घेरे बन कार्यालय : २ घण्टाकाे छलफलपछि छाडिए सवारी साधन र चालक

- जेष्ठ १, २०८० मा प्रकाशित



इटहरी । अवैध रूपमा गीटी तथा बालुवा उत्खनन गरेको भन्दै केही दिन अघि जिल्ला बन डिभिजन कार्यालय सुनसरीले नियन्त्रणमा लिएको इटहरी उपमहानगरको पाचँवटा सवारी साधन र सवारी चालकलाई आइतबार साँझ बिना सर्त रिहा गरेको छ । इटहरी उपमहानगर , प्रदेश सरकार लगायत चौतर्फी दबाब सृजना भएपछि बाध्य भएर बन कार्यालय नियन्त्रणमा रहेको ५ वटा ट्रिपर सहित पाँचै जना सवारी चालकहरूलाई रिहा गरेको हो ।

आइतबार करिब २ घण्टा छलफल पछि बन कार्यालयकाे नियन्त्रणमा रहेका सवारी साधन र चालकहरूलाई बिना सर्त रिहा गरिएको इटहरी उपमहानगरका कार्यवाहक मेयर दिवस पोख्रेलले बताए । यस अघि नै इटहरी उपमहानगरले आफ्नो सवारी साधन र मजदुर नछाडिए बन कार्यालय विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रने घोषणा गरेको थियो ।

बन कार्यालयले मजदुर सहित सवारी नियन्त्रणमा लिएपछि उपमहानगरले अापतकालिन कार्यपालिका बैठक बसी चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । आन्दोलन अन्तरगत आइतबार बन कार्यालय घेराउ समेत गरिएको थियो ।बन कार्यालयको नियन्त्रणमा रहेका मजदुर र सवारी साधन छाडन चौतर्फी दबाब बढेपछि अन्तत बन कार्यालयले सवारी साधन सहित चालकहरूलाई बिना सर्त छाडेको थियो ।

कार्यालयको नियन्त्रणमा रहेका सवारी चालक र सवारी साधन नछाडिए बन कार्यालय विरुद्ध चरणबद्ध आन्दोलनको चेतावनी दिँदै प्रदेश सरकार र संघिय सरकार सम्म दबाब बढाएपछि उनीहरूलाई बिना सर्त रिहा गरिएको कार्यवाहक मेयर पोख्रेलको भनाइ छ ।

Comments

सम्बन्धित खवर