धादिङबाट काठमाडाैं गुडेकाे बस बिच बाटाेमै जल्याे : सबै यात्रु सकुशल
- बैशाख ३०, २०८० मा प्रकाशित
काठमाडाैं । त्रिभुवन राजपथअन्तर्गत धुनिबेँसी नगरपालिका-९ गणेशस्थानमा शनिबार (आज) दिउँसो गुडिरहेका बसमा आगलागी भएको छ।धादिङको खाल्टेबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ४८४७ नम्बरको बस धुनिबेँसी नगरपालिका ९, कानाकोटमा आइपुग्दा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।
तर बसमा सवार सबै ३३ यात्रु सकुशल रहेको उनले बताए। बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ।आगलागीबाट बसका सिट भने जलेर नष्ट भएका छन्।आगोले जलेको बस।धुनिबेँसी नगरपालिकाको दमकल र स्थानीयले आगो निभाएका थिए।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments