पानी पर्न रोकिएपछि ताताे हावा बन्यो हानिकारक, मास्क लगाउन सुझाव
- बैशाख ३०, २०८० मा प्रकाशित
काठमाडाैं । पानी नपर्दा र डढेलो बढ्दा वायु प्रदूषण पुनः बढ्न थालेको छ। हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआईका अनुसार शुक्रबार ललितपुर पाटनको एक्यूआई १७६, काठमाडाैं कीर्तिपुरको १६३, रत्नपार्कको १६३, नारायणीको १७१ र धनकुटाको १५५ छ।
एक्यूआई शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ। एक्यूआई १५० भन्दामाथि जानुलाई हानिकारक मानिने गरिएको छ। पाटन, कीर्तिपुर, रत्नपार्क, नारायणी र धनकुटाको एक्यूआई १५० भन्दा माथि छ। स्वास्थ्यलाई नै हानि गर्ने खालको प्रदूषण बढेकाले घर बाहिर निस्कँदा मास्क लगाउन स्वास्थ्य विज्ञले सुझाव दिएका छन्।
मौसमविद् गोविन्द झाका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने अनुमान छ। भक्तपुर, मध्यपुरथिमि र वीरेन्द्रनगरको हावा पनि जोखिममा रहेकाले यहाँको हावा अस्वस्थकर देखिएको जनाइएको छ। यी क्षेत्रको एक्यूआई १५० भन्दा कम छ। यस्तो हावामा दीर्घरोगी, बालबालिका र ज्येष्ठ नागरिकलाई जोखिम हुन्ने विज्ञ बताउँछन्। गाडीबाट निस्किएको धुवाँका कारण पनि वातावरण प्रदूषित बन्दै गएको बताइएको छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments