मोरङको राठी इण्डष्ट्रिजमा भीषण आगलागी
- बैशाख २९, २०८० मा प्रकाशित
इटहरी । मोरङको बूढीगंगास्थित एक उद्योगमा शुक्रबार बिहानको रातिदेखि भीषण आगलागी भइरहेको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी म्यानिफ्याक्चरिङ इण्डष्ट्रिजमा बिहान २ बजेदेखि आगलागी भइरहेको प्रहरीले जनाएको छ ।
इलेक्ट्रिक सामग्री (बिजुलीको बल्ब र स्वीच) बनाउँदै आएको उद्योगमा लागेको आगो यो समाचार तयार पार्दासम्म नियन्त्रणमा आउन सकेको छैन । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
घटनास्थलमा रहेर नेपाल प्रहरीका निरीक्षक दुर्गा राई र सशस्त्रका निरीक्षक समराज खड्का नेतृत्वको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । साथै स्थानीय तथा उद्योगका मजदुरले पनि आगो नियन्त्रणमा मद्दत गरिरहेका छन् ।धेरै प्रयास गर्दा पनि आगो नियन्त्रण मुस्किल बनिरहेको डीएसपी दाहालले जानकारी दिएका छन् । उनले विद्युत सर्ट भएर आगलागी सुरु भएको हुन सक्ने जानकारी दिए ।
उद्योगका ३ वटा भवनमध्ये एउटामा आगो लागेको हो । नजिकैका २ वटा भवनमा भने आगो फैलनबाट सुरक्षाकर्मीले जोगाएका छन् ।आगोले उद्योगको एउटा भवनसहित कच्चा पदार्थ, मेसिन तथा तयारी सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आइनसकेका कारण क्षतिको विवरण यकिन भइसकेको छैन । यद्यपि, उद्योगका सञ्चालकले भने १५ करोड बराबरको क्षति भएको हुनसक्ने प्रहरीलाई बताएका छन् ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments