इलामकाे साना किसान सहकारीबाट २७ लाख ७१ हजार रुपैयाँ चोरी
- बैशाख १४, २०८० मा प्रकाशित
इलाम । साना किसान महिला कृषि सहकारी संस्था लिमिटेड माई नगरपालिका इलाममा गयराती अपरिचित समूहले नगद चोरी गरेको छ।
माई-४ शुक्रबारे-गैरीगाँउमा रहेको सहकारीबाट लकर सेफमा रहेको र अन्य स्थानमा रहेको नगद गरी २७ लाख ७१ हजार ५ सय ६५ चोरी भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिनुभयो।
गएराति ११ बजेर ४५ मिनेट देखी १ बजेर २९ मिनेट सम्म ४ जनाको समुहमा सहकारी कार्यालय भित्र पसेर चोरी गरेको सिसि क्यामेरा फुटेजमा देखिएको सुरक्षा स्रोतले जनाएको छ ।
सहकारीको सोमबार सम्मको नगद मौज्दात २६ लाख ७१ लाख ७ सय ६५ रुपैयाँ र मंगलबारको वचत ९९ हजार ८ सय रहेको व्यवस्थापक इन्द्र बहादुर रैका मगरले जानकारी दिनुभयो। सानाकिसान कृषि महिला सहकारी संस्थामा करिव १३ सय महिला सदस्य रहेका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
Comments