•  ९ मंसिर २०८१, आईतवार
  •  8:34:58 PM

१० हजार मत गन्न बाँकी छँदै रविले कटाए ५० हजार, मंसिर ४ को आफ्नै रेकर्ड तोडे

- बैशाख १२, २०८० मा प्रकाशित



चितवन । चितवन क्षेत्र नम्बर–२ मा जारी मत गणनामा रवि लामिछानेले ५० हजार मत कटाएका छन् । योसँगै रविले निकटतम प्रतिस्पर्धी भन्दा करिब ४१ हजार मतको अग्रता कायम गरेका छन् ।योसँगै रास्वपा सभापति रविले मंसिर ४ को चुनावमा आफूले प्राप्त गरेको नतिजाको आफ्नै रेकर्ड तोडेका छन् ।

यसअघि ४ मंसिरको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी ४९ हजार २ सय ६४ मत ल्याएर विजयी भएका थिए । तर नागरिकता मुद्दामा दोषी ठहर भएपछि रविको सांसद पद गएको थियो । सोही कारण चितवन २ मा यही वैशाख १० गते उपनिर्वाचन गरिएको हो । जसको मत गणना जारी छ। अब १० हजारजति मत मात्र गन्न बाँकी छ ।

पछिल्लो मतपरिणाम अनुसार रविले ५० हजार २९ मत पाएका छन् । लामिछानेलाई टक्कर दिने मानिएका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १६५ मत ल्याएका छन् । रवि जीतनारायणभन्दा ४० हजार ८६४ मतको फराकिलो मतान्तरले अगाडि छन् । नेकपा एमालेका राम प्रसाद न्यौपानेले ८ हजार ८७७ मत ल्याएर तेस्रो स्थानमा छन् ।

Comments

सम्बन्धित खवर