•  ९ मंसिर २०८१, आईतवार
  •  9:16:32 PM

चितवन–२ मा जितनारायणले गरे मतदान, रवि र रामप्रसादले भोट हाल्न नपाउने , कारण यस्ताे !

- बैशाख १०, २०८० मा प्रकाशित



चितवन । चितवन क्षेत्र नं २ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले आफैलाई मत हाल्न नपाउने भएका छन् । मतदाता नामावली आफू उठेको क्षेत्रभन्दा फरक भएकाले रवि आफैलाई मत हाल्नबाट नपाउने भएका हुन् । चितवन–२ का उम्मेदवार रहेका उनको नामावली भने काठमाडौं–६ मा रहेको छ ।

एमालेका रामप्रसाद न्यौपानेको पनि सो क्षेत्रमा मतदाता नामावलीमा नाम नरहेको जनाइएको छ । यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

गठबन्धनका उम्मेदवार श्रेष्ठले कालिका नगरपालिकाको शक्तिखोरस्थित चर्तुमुखी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरिसकेका छन् ।

गत निर्वाचनबाट सो क्षेत्रबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन भएको हो । गत मंसिर ४ मा भएको निर्वाचनमा लामिछानेले कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ भन्दा तेब्बर बढी मत पाएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

Comments

सम्बन्धित खवर