खाेटाङकाे सामुदायिक बनमा ४ दिन देखि डढेलाे : पाइप जलेपछि विद्यालमा खानेपानी नै बन्द
- बैशाख ९, २०८० मा प्रकाशित
खाेटाङ । डढेलोले पाइप जलेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रहेको रातमाटे आधारभूत विद्यालमा खानेपानी आपूर्ति बन्द भएको छ ।
सामुदायिक वनमा लागेको डढेलोले खानेपानीको पाइप जलेपछि बिहीवारदेखि विद्यालयमा खानेपानीको आपूर्ति बन्द भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन राईले बताए ।
साविक दुर्छिम–२ मा पर्ने स्थानीय मार्से सावाला कुर्ले सिद्धेबारी सामुदायिक वनमा लागेको डढेलोले रमितेपाखा मुहान भएको खानेपानीको पाइप जलेको हो ।
भिरैभिर भएको ठाउँमा जमिनमा गाड्न सम्भव नभएपछि बाहिरै तन्काएर राखिएको करिब पाँच सय मिटर पाइप डढेलोले जलेको हो । प्यालाभिरदेखि मुहानसम्मको खण्डको कतिपय पाइप जलेर टुक्रा–टुक्रा भएको र कतिपय पाइप पड्केर फुटेको अध्यक्ष राईले बताए ।
वैशाख ६ गतेदेखि सुरु भएको डढेलो वन क्षेत्र डढिसकेपछि आफैँ निभेको छ । स्थानीय र प्रहरीले बस्ती नजिक पुगेको डढेलो नियन्त्रण गरेर घरहरू भने जोगाएका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
Comments