खुशीकाे खबर सहित सुनाैलाे अवसर पनि : नेपाली सेनाले एकै पटक खुलायो चार हजार पाँच सयका लागि जागिर
- बैशाख ८, २०८० मा प्रकाशित
काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलाएको छ । सेनाले सैन्य पदमा चार हजार पाँच सय जनाका लागि जागिर खुलाएको हो । जसअनुसार सैनिक परिवारका लागि २२५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ दुई हजार ३५१ जनाको माग गरिएको छ ।
सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाका अनुसार महिला कोटामा ३९०, आदिवासी जनजाति कोटामा ६१७, मधेशी कोटामा ५४०, दलित कोटामा २८७ र पिछडिएको क्षेत्रबाट ९० संख्यामा आरक्षण छुटाएर नेपाली सेनाले जागिर खुलाएको हो ।
सूचना अनुसार आवेदकले अनलाइनमार्फत फारम भर्न सक्ने र त्यसको हार्ड कपी बोकेर सम्बन्धित छनौट स्थलमा बुझाउनु पर्नेछ । जंगी अड्डाका अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले २०८०-०१-०८ देखि २०८० जेठ ७ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । दोब्बर दस्तुर तिरेर भने जेठ १४ गतेसम्म आवेदन बुझाउन सकिने सेनाको जंगी अड्डाले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments