काेशी प्रदेशमा मानव अधिकार उल्लघंनका घटना बढे : तीन महिनामा २ सय ५७ जना पीडित
- बैशाख ७, २०८० मा प्रकाशित
इटहरी । कोशी प्रदेशमा तीन महिनाको अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनामा २ सय ५७ जना पीडित भएको इन्सेकले जनाएको छ । इन्सेक कोशीप्रदेश कार्यालय विराटनगरले वैशाख ६ गते सार्वजनिक गरेको स्थिती सूचकमा कोशी प्रदेशमा ०७९ पुस १७ गतेदेखि चैत १७ गतेसम्मको अवधिमा राज्य पक्षबाट २१ जना र अन्य पक्षबाट २ सय ३६ जना गरी २ सय ५७ जना नागरिक पीडित भएका छन् ।
इन्सेक अभिलेखमा आधारमा सार्वजनिक गरिएको तथ्याङ्कका अनुसार कोशी प्रदेशमा राज्यपक्षबाट भएको गिरफ्तारीका घटनामा पाँचजना, कुटपिटका घटनामा एक जना, अमानवीय व्यवहारका घटनामा एक जना र घाइतेमा १४ जनानागरिक पीडित भएका छन् ।
अन्य पक्षबाट भएकाअपहरण घटनामा एक जना, कुटपिटका घटनामा दशजना, बालअधिकारका घटनामा ६५ जना, अमानवीयव्यवहार घटनामा एक जना, घाइते पाँच जना, हत्याका घटनामा नौ जना, महिलाअधिकारका घटनामा १ सय ४३ जना र आर्थिक, सामाजिक तथा सांस्कृतिकअधिकारका घटनामा एक जनानागरिक पीडित भएका छन् ।
तीन महिनाको अवधिमा कोशी प्रदेशमा मानिसको सबै भन्दा ठूलो अधिकार बाँच्न पाउने अधिकारबाट १० जना नागरिक विमुख भएका छन् । राज्यपक्षबाट एक जना र अन्य पक्षबाट भएका घटनामा नौ जना नागरिकको ज्यान गएको छ ।
कोशी प्रदेश नामकरणसँगै ०७९ फागुन १७गतेदेखि पहिचानका आधारमाप्रदेशको नामाकरणको विषयलाई लिएर भएको आन्दोलनमा एक जना नागरिकले ज्यान गुमाउनु परेको छ । चैत ५ गते विराटनगरमा प्रदेश सरकारविरूद्ध पहिचानका लागि आन्दोलन गरिरहेको प्रदेश न.१ पुननामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ता ४२ वर्षीय लाजेहाङ लिम्बू पदमको ज्यान गएको छ ।
आन्दोलनकाक्रममा चैत ५ गते प्रहरीको कुटपिटबाट घाइते भएकालिम्बूको उपचारका क्रममा चैत १० गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा ज्यान गयो । लिम्बूलाई शहिद घोषणा गर्न मागगर्दै आन्दोलनरत पक्षले पोष्टमार्टम नगर्ने अडान लिँदै प्रदेश नामकरणको विषयमा निरन्तर आन्दोलन गरिरहेको छ ।
नामाकरणको विषयमालिएर ०७९ फागुन १७गतेयता कोशीप्रदेश अशान्त हुँदा नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सङ्कुचित भएको इन्सेकले जनाएको छ ।चैत १४ गते कोशी प्रदेशका मुख्यमन्त्रीसहित प्रदेशसभा सदस्यहरू सहभागी हुने एक कार्यक्रमलाई लक्षित गरी आन्दोलनरत पक्षले कार्यक्रमस्थल विग होटल परिसरमा नारावाजी र हुलदुङ्गा गर्दा प्रहरीसँग भएको झडपमा १४ जनानागरिक घाइते भएको इन्सेक अभिलेखमा उल्लेख छ ।
लाजेहाङको परिवारलाई प्रदेश सरकारको चैत १३ गतेको मन्त्रीपरिषद् बैठकले ३ लाख रुपियाँ दाहसंस्कार खर्च उपलब्ध गराउने र सङ्घीय सरकारले चैत २४ गते मृतक लाजेहाङलाई शहिद घोषणा गरेको छ । गृह मन्त्रालयले चैत २८ गते पीडित परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय कार्यान्वय नगर्न जिल्ला प्रशासन कार्यालय मोरङलाई परिपत्र गरेको छ ।
कोशी प्रदेशका १४ ओटा जिल्लामा तीन महिनाको अवधिमा बालअधिकारका घटनामा ६५ जना बालबालिका पीडित भएको इन्सेकले उल्लेख गरेको छ ।जसमा अपहरण घटनामा दुई जना, बेचविखनका घटनामा तीनजना, र एक जनाबालक, विद्यालयमा दिइने यातनाका घटनामा दुई बालिका र एक जना बालक, बलात्कार घटनामा ४१ जना र यौन दुव्र्यवहार घटनामा १५ जना बालिका पीडित भएको इन्सेकको तथ्याङ्कमा छ ।
महिलाअधिकारका घटनामा १ सय ४३ जना पीडित भएको इन्सेकले जनाएको छ । जसमा वेचविखन प्रयास घटनामा एक जना, घरेलु हिंसाका घटनामा १ सय ३ जना, वहुविवाह घटनामा १२ जना, बलात्कारका घटनामा २२ जना, बलात्कार प्रयासका घटनामा चार जना र यौन दुव्र्यवहार घटनामा एक जना गरी १ सय ४३ जनामहिला पीडित भएको तथ्यांक सार्वजनिक गरिएको छ ।इन्सेकले प्रदेशको मानवअधिकार अवस्थाको स्थितिका बारेमा जानकारी गराउने उद्देश्यले त्रैमासिक रूपमा स्थितिसूचक प्रकाशन गर्दै आएको छ ।
कोशी प्रदेशमा राजनीतिक अधिकार अन्तर्गत भएका विरोध कार्यक्रमका राज्यका तर्फबाट भएको धरपकड, महिला र बालबालिकामाथिका श्रृखलाबद्ध यौनजन्य घटनाले कोशी प्रदेशमा मानव अधिकार सुधार भन्दा कमजोर हुँदै गएको भन्न सकिने अवस्था सिर्जना भएको इन्सेकले जनाएको छ ।
तीन महिनाको तथ्याङ्कलाई हेर्दा महिला र बालबालिकाविरूद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यले पक्ष राष्ट्रका रूपमा गरेका अन्तर्राष्ट्रिय सन्धी सम्झौताको कार्यान्वयनको सवालमा प्रश्न खडा हुने अवस्था देखिएको इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापाले बताए ।इन्सेकले अभिलेखीकरण गरेका तथ्याङ्कहरूलाई दृष्टिगत गरी मानवअधिकार संरक्षण र सम्वद्र्धनका निम्ति राज्यले ठोस, प्रभावकारी र हस्तक्षेपकारी नीति तथा कार्यक्रमहरू अवलम्वन गर्न आवश्यक रहेको थापाको भनाइ छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments