दुहबीमा चल्यो एकै साथ ११ वटा ड्रोजर : नगरपालिकालाइ हाइसञ्चो : राजमार्ग बिस्तारले पुर्णता पाउदै
- बैशाख ५, २०८० मा प्रकाशित
इटहरी । ६ लेन राजमार्ग बिस्तार अन्तरगत दुहबी बजार क्षेत्रमा मंगलबार ड्रोजर चलाइएको छ । राजमार्ग क्षेत्र अधिकार भित्र रहेका भौतिक संरचना हटाउन स्थानिय सरकार दुहबी नगरपालीकाको समन्वय तथा प्रहरी प्रसाशनको रोहबरमा एकै साथ ११ वटा ड्रोजर चलाएर बजार क्षेत्रका भौतिक संरचना भत्काइएको हो ।
व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत विराटनगरको रानी बाट इटहरी–धरान हुदै चिनको सिमाना किमाथांका सम्म पुग्ने ६ लेन सडक विस्तार आयोजनाको काम लामो समयदेखि दुहबीमा अवरूद्ध बन्दै आएको थियो । मंगलबार दुहबी नगरपालीकाले आफ्नो स्वामित्वमा रहेको १४ कट्ठा ११ धुर जमिन क्षेत्रमा एकै साथ ११ वटा ड्रोजर परिचालन गरी सो क्षेत्रमा निर्माण गरिएका भौतिक संरचनाहरू भत्काएको हो । नगरपालिकाको स्वामित्वमा रहेको सो परिमाणको जमिनमा स्थानियहरूले लामो समयदेखि निजी ब्यववसाय सञ्चालन गर्दै आएका थिए ।
नगरपालिकाले ड्रोजर लिएर निस्केपछि स्थानियहरूले केहि समय बिवाद झिकेका थिए भने दुहबी बजार केहि समय तनावग्रस्त बनेको थियो ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर , जिल्ला प्रहरी कार्यालय सुनसरी , दंगा नियन्त्रण प्रहरी कार्यालय दुहबी बाट बाक्लो संख्यामा प्रहरी परिचालन भएपछि भिड नियन्त्रणमा आएको थियो भने घरहरू भत्काउन सहज बनेको थियो ।
नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको संरचनाहरू हटाउन पटक पटक सुचना टास गरेपनि स्थानियहरूले बेवास्था गर्दै आएका थिए । दुहबी बजारका स्थानियहरूले चलेको चलन अनुसार जग्गाको मुआब्जा माग्दै उच्च अदालत बिराटनगरमा केहि वर्ष अघाडी मुद्धा दायर गरेकोमा अदालतले सोमबार रिट खारेज गरेपछि नगरपालीका एकसनमा उत्रिएको हो । नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गामा ड्रोजर चलाएको भनिएपनि ६ लेन परियोजनाबाट पटक पटक राजमार्ग बिस्तारकालागि दबाब आएपछि मंगलबार एकै पटक ११ वटा ड्रोजर चलाएर भौतिक संरचनाहरू हटाएको हो ।
मंगलबार मात्रै दुहबी बजार क्षेत्रका १३ वटा साना तथा ठुला घर टहराहरू भत्काइएको नगरपालीका प्रसाशनले जनाएको छ । यता दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदार संग सम्पर्क गर्दा उनले नगरपालिकाको स्वामित्वमा रहेको १४ कट्ठा बढी जमिनमा मात्रै ड्रोजर लगाएको बताए । अदालतमा स्थानियहरूले दिएको रिट सोमबार खारेज भएपछि तत्काल भौतिक संरचना हटाएर राजमार्ग बिस्तारकालागि सहजता प्रदान गरिएको मेयर चौधरीले बताए । स्थानियहरूकै बिरोधका कारण अवरूद्ध बन्दै आएको राजमार्ग बिस्तार अन्तरगत मंगलबार ड्रोजर चले संगै अब भने पुर्णता पाउने देखिएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments