मेयर बालेनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
- बैशाख ५, २०८० मा प्रकाशित
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको रिटमा आज (मंगलबार) सुनुवाइ हुँदैछ ।मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतलनिवासको फोहोर नउठाएको भन्दै सोमबार उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मेयर बालेनलाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले रिट दायर गरेका हुन् । आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरको भएको रिटमा उल्लेख छ । तत्काल फोहोर संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजानुपर्ने र नियमित उक्त कार्य गर्नुपर्ने रिटमा माग गरिएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
Comments