•  १६ कार्तिक २०८१, शुक्रबार
  •  1:07:58 PM

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

- बैशाख २, २०८० मा प्रकाशित



काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ । १०० वर्षीया राधादेवीको आज (शनिबार) बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । श्वासप्रश्वासमा समस्याका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो ।

८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो । जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आ–आफ्नो शरीर दानको घोषणा गरेका थिए ।

Comments

सम्बन्धित खवर