अमेरिका र कोरिया पठाइ दिन्छु भन्दै करोडौं ठगी गर्ने राणा पक्राउ
- चैत्र २९, २०७९ मा प्रकाशित
काठमाडौँ । रोजगारीका लागि दक्षिण कोरिया र अमेरिका पठाइदिन्छु भन्दै सयौं युवालाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका–१४ घर भई हाल कपन बस्ने ४२ वर्षीय पवन राणालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
उनले धेरै व्यक्तिलाई अमेरिका र दक्षिण कोरियामा रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गरेर सम्पर्कविहीन भएको आरोप छ । वैदेशिक रोजगार विभागले उनलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो । उनलाई चैत २७ गते पक्राउ गरेर कारबाहीका लागि विभागमा पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments