पूर्वाञ्चल विश्वविद्यालयको एघारौँ दीक्षान्त समारोह, ६ हजार ५सय १३ विधार्थी दीक्षित
- चैत्र १९, २०७९ मा प्रकाशित
इटहरी । पूर्वाचल विश्वविद्यालयले आफ्नो ११ औं दीक्षान्त समारोह मनाएको छ । विश्वविद्यालयका कूलपति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा भएको दीक्षान्त समारोहमा ६ हजार ५१३ जना विद्यार्थी दीक्षित भएका छन् ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको मोरङ गोठगाँउमा आयोजित समारोहमा कला संकायतर्फका स्नातक र स्नातकोत्तर गर्ने १३५ जना, कानून संकायतर्फका ३०६ जना, शिक्षा शास्त्र तर्फका ५०२ जना, व्यवस्थापन संकाय तर्फका १ हजार ८६२, चिकित्सा शास्त्रतर्फ २ हजार ३२३ र विज्ञान तथा प्रविधि संकायतर्फ १ हजार ३८४ जना विद्यार्थीलाई दीक्षित गरिएको हो ।
दीक्षित हुने विद्यार्थीमा व्यवस्थापन संकायतर्फ एमफिल गर्ने ६ जना समेत छन् । समारोहमा प्रधानमन्त्री एवम् विश्वविद्यालयका कूलपति प्रचण्डले विद्यार्थीहरुलाई शैक्षिक उपाधी प्रदान गरेका थिए ।
हेर्नुस् तस्वीरहरु
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments