शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा तेह्रथुमका सोनाम काठमाडाैंबाट पक्राउ
- माघ २८, २०७९ मा प्रकाशित
पाँचथर । शैक्षिक प्रमाणपत्र तथा विभिन्न तालिमका नक्कली कागजातहरू बनाई किर्ते गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।तेह्रथुम म्याङलुङ नगरपालिका १ घर भई काठमाडौं महानगरपालिका १६ माछापोखरी बस्ने ३४ वर्षीय सोनाम नेपाललाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका १६ बसन्तनगरस्थित युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमार्फत सरकारी जागिरमा आबद्ध रहेको अनुभवको नक्कली प्रमाणपत्र बनाउने गरेको सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको ट्रेनिङ सेन्टरबाट १ थान ल्यापटप, कम्प्युटरको सिपियु १ थान, विभिन्न संघसंस्था एवम् सरकारी कार्यालयका खाली लेटरप्याडहरू तथा छापहरू र विभिन्न संघसंस्थाका प्रमाणपत्रहरू बराममद गरेको छ ।पक्राउ परेका उनीमाथि लिखत सम्बन्धि कसूरको (किर्ते गर्न नहुने) कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
-
ताजा मंसिर ९, २०८१धितोपत्र बोर्ड अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
Comments