•  ९ मंसिर २०८१, आईतवार
  •  11:18:57 AM

प्रदेश १काे चारवटा पालिका सदरमुकाममा सडक पुगेन

- माघ २४, २०७९ मा प्रकाशित



इटहरी । प्रदेश १ मा  १३७ पालिका मध्ये दुई जिल्लाका ४ वटा पालिकाको सदरमुकाम सडक सञ्जालमा जोडिएको छैन ।  संखुवासभाका दुई, ताप्लेजुङ र सोलुखुम्बुको एक–एक पालिका सदरमुकाम सडक सञ्जालसँग नजोडिएको हो । 

प्रदेश १ का सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाईँले संखुवासभाको सिलिचोङ र भोटखोला गाउँपालिका, ताप्लेजुङको फक्तालुङ गाउँपालिका र सोलुखुम्बुको  खुम्बु पासाङल्यामु गाउँपालिकाको सदरमुकाम सडक सञ्जालमा नजोडिएको बताए । 

चार वटा पालिकालाई सडक सञ्जालमा जोड्ने  आफ्नो पहिलो प्राथमिकता  रहेको उनले बताए ।  मन्त्री चापागाईँले सबै पालिकालाई सडक सञ्जालमा जोड्ने आफ्नो प्राथमिकता भएकोे बताए ।उनले प्रदेशका सबै पालिकाको सदरमुकामसम्म बाह्रैं महिना यातायात सञ्चालन हुनेगरी स्तरउन्नती गर्ने योजना पनि रहेको उनले बताए ।

‘प्रदेशमा ४ वटा पालिकाको केन्द्र सडक सञ्जाल पुगेको छैन,’ उनले भने,‘पहिलो प्राथमिकता सबै पालिकाको केन्द्रमा गाडी पुर्याउने छ,पालिका केन्द्रमा बाह्रैं महिना सवारीको पहुँचमा रहनसक्ने बनाउने योजना पनि छ ।’नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका उनले हप्तामा दुई दिन फिल्डमा काम गर्ने  र पाँच दिन अफिसमा बसेर काम गर्ने बताए ।

प्रदेशको औचित्व पुष्टि गर्नका लागि जनतासँग जोडिएका योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडि बढाउने उनले बताए ।  संघिय सरकारले प्रदेशलाई हस्तान्त्रण गरेका योजना अगाडि बढाउन समस्या भएको उनको गुनासो छ । ‘संघले आयोजनाहरु हस्तान्त्रण गर्दा ति आयोजनाको बजेट दिएन,’ उनले भने,‘  ति आयोजना कसरी अगाडि बढाउने छलफलमा छौं ।’

Comments

सम्बन्धित खवर