भारतीय वायुसेनाको विमान दुर्घटना : एक पाइलटको शव फेला, दुई पाइलटको सकुशल उद्धार
- माघ १५, २०७९ मा प्रकाशित
नयाँ दिल्ली । मध्यप्रदेशको मुरैना जिल्लामा प्रहरीले एक पाइलटको शव फेला पारेको र दुई पाइलटको सकुशल उद्धार गरिएको जनाएको छ । मोरेनाको पहाडगढ क्षेत्रमा पाइलटको शव फेला परेको हो । घटनास्थलबाट दुई लडाकु विमानको भग्नावशेष निकाल्न उद्धार कार्य जारी छ।
राजस्थानको रतनगढमा पनि लडाकु विमानको भग्नावशेष खसेको प्रहरीले जनाएको छ । भारतीय वायुसेनाका दुई लडाकु विमान सुखोई ३० र मिराज २००० मध्य प्रदेशको मोरेना जिल्लामा दुर्घटनाग्रस्त भएका छन् । बीबीसीसँग कुरा गर्दै मोरेनाका प्रहरी उपरीक्षक आशुतोष बागरीले ग्वालियर बेसबाट सुखोई–३० र मिराज–२००० लडाकू विमान उडेको बताए ।
सुखोई ३० लडाकु विमानमा दुई जना पाइलट रहेको र मिराज २००० मा एक जना पाइलट रहेको उनले बताए । आशुतोष बागरीले हावामा नै दुई विमानको टक्करको सम्भावनालाई अस्वीकार गरेका छैनन्। भारतीय वायुसेनाका अधिकारीले अनुसन्धान पूरा गरेपछि मात्रै वास्तविक कारण थाहा हुने उनले बताए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments