•  ९ मंसिर २०८१, आईतवार
  •  1:30:23 PM

पूर्वमन्त्री बस्नेतले स्व. प्रेमप्रसादको छोराछोरीलाई पढाइ दिने

- माघ १५, २०७९ मा प्रकाशित



 झापा । नेपाली कांग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्व. प्रेमप्रसाद आचार्यका छोराछोरीलाई पढाइ दिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा नेता बस्नेतले शनिबार स्व. आचार्यका परिवारलाई सिनामङ्गलमा भेटेर सान्त्वना दिँदै छोराछोरीको पठनपाठनको जिम्मा आफूले लिने बताएका हुन् ।

भेटमा पूर्वमन्त्री बस्नेतले स्व. आचार्यकी श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने र छोराछोरीलाई पठनपाठनको जिम्मा आफूले लिएको बताए । ‘स्व. आचार्यको परिवारलाई सरकारका गृहमन्त्रीले भेटे पनि स्व. आचार्यका परिवारले राखेका माग पूरा गर्न सरकारले कुनै ध्यान नदिएपछि मैले रोजगारी र पठनपाठन गरिदिने निर्णय गरेको हुँ’, पूर्वमन्त्री बस्नेतले भने ।

आचार्यका छोराछोरीलाई उच्च शिक्षासम्मको अध्ययनको व्यवस्था गराउनका लागि नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता एवं अरनिको यातायात सेवा समितिका अध्यक्ष केदार क्षेत्रीले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत माघ १० मा आचार्यले संसद् भवन नयाँ बानेश्वर अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधबार विहान मृत्यु भएको थियो ।

Comments

सम्बन्धित खवर