रवि लामिछानेको सांसद पद खारेज : उम्मेदवारी नै गैरकानुनी –सर्वाेच्च अदालत
- माघ १३, २०७९ मा प्रकाशित
इटहरी । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । नागरिकतासम्बन्धी मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने नागरिकताविहीन अवस्थामा सांसद रहन नसक्ने स्पष्ट पारेको हो ।
संवैधानिक इजलासको फैसलासँगै लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पदबाट समेत हटेका छन् । उनी गत ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका थिए ।
उम्मेदवार बन्न नेपाली नागरिकता प्राप्त व्यक्ति हुनै पर्ने कानुनी व्यवस्था रहेकोमा लामिछानेको उम्मेदवारी गैरकानुनी रहेको ठहर संवैधानिक इजलासले गरेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
-
ताजा मंसिर १०, २०८१कञ्चनपुरकाे लालझाडीमा जङ्गली हात्तीको आतंक
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
Comments