प्रेम आचार्यको आत्मदाहबारे सरकारले छानबिन गर्ने : आजैदेखि काम थालेर कारण पत्ता लगाउँछौँ – गृहमन्त्री
- माघ १२, २०७९ मा प्रकाशित
काठमाडाै । इलामका व्यवसायी युवा प्रेमप्रसाद आचार्यले मंगलबार नयाँबानेश्वरस्थित संसद भवनअगाडिको सडकमा गरेको आत्मदाहबारे छानबिन गर्न सरकारले समिति बनाएको छ।बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले आत्मदाहसम्म पुग्नुपर्ने कारणसहितको विवरण पत्ता लगाउने जिम्मेवारीसहित छानबिन समिति बनाउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका आचार्यले उठाएका विषयहरुको छानबिन गर्न गृह मन्त्रालयबाटै तदारुकतासाथ लाग्ने निर्णय भएको बताए।उनले मन्त्रालयले सत्यतथ्य बाहिर ल्याएर छानबिनपछिको निष्कर्षअनुसार आवश्यक कदम चाल्ने बताए। लामिछानेले बुधबार नै छानबिनकार्य गृह मन्त्रालयको तदारुकतामा अघि बढाउने बताए।
मृतकले उठाएका विषयहरुको छानबिनपछि आवश्यक कारबाही गर्ने निर्णय भएको उनले बताए। ‘आत्मदाह गर्नुभएका प्रेमजीको विषयलाई लिएर हामीले उहाँले गम्भीर विषयहरु उठान गर्नुभएको छ। लेख्नुभएको थियो, अन्यायमा परेको विषय उठान गर्नुभएको थियो, त्यसलाई छानबिनमा ल्याउने र गृह मन्त्रालयले नै तदारुकताका साथ अघि बढाएर छानबिन गरी सत्यतथ्य बाहिर आएपछि तदनुसार सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ’, उनले भने, ‘आज नै छानबिन सम्बन्धी गृह मन्त्रालयको तदारुकतामा अघि बढाउनेछौँ।
उहाँले भन्नुभएको विषयहरु छानबिनका क्रममा निस्किएपछि आवश्यक कारबाही गर्ने निर्णय भएको छ। छानबिनको नतिजाका आधारमा गर्नुपर्ने कार्य सरकारले गर्नेछ।’गृहमन्त्री लामिछानेले छानबिनको नतिजाका आधारमा गर्नुपर्ने कार्य सबै सरकारले गर्ने पनि बताएका छन्।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments