•  ९ मंसिर २०८१, आईतवार
  •  4:54:42 PM

इटहरीमा तामाङ समुदायले मनाए ल्हाेसार

- माघ ७, २०७९ मा प्रकाशित



इटहरी ।  तामाङ घेदुङ उपमहानगर समिति  इटहरीले शनिबार साेनाम ल्हाेसारकाे अवसरमा विविध कार्यक्रम सम्पनन गरेकाे छ ।  बाघ वर्गलाई विदाइ गर्दै  बिरालो वर्गलाई स्वागत स्वाेरूप इटहरीमा बिभिन्न कार्यक्रमहरू सम्पन्न गरेकाे हाे ।

जातीय पहिचान सहित भेषभुसामा सजिएर भेला भएका तामाङ समुदायहरूले साेनाम ल्हाेसारकाे अवसर पारेर सांस्कृतिक नृत्य, गित तथा सुभकामना आदान प्रदान गरेका हुन ।

तामाङ घेदुङ उपमहानगर समिति  इटहरीका अध्यक्ष  माेहन लोप्चनकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी उपमहानगर प्रमुख हेमकर्ण पाैडेलले समय र परिस्थिती अनुसार समाज परिवर्तन हुदै जादा जातिय सदभाव कायम राख्न र भाइचाराकाे सम्बन्ध बलियाे बनाउने पुरानाे रितिरिवाजलाइ पनि सम्मान गरिनुपर्ने बताए ।

उनले तामाङ समुदायलाइ ल्हाेसारकाे सुभकामना प्रदान गरे ।  तिथी अनुसार  तामाङ समुदायकाे सोनाम ल्होसार पर्व  भोली अर्थात आइतबार परेकाे छ । 

326585912_857818965498250_4716599225293747831_n

कार्यक्रमका अध्यक्ष लाेप्चनका अनुसार सोनाम ल्होछारमा  सम्पुर्ण प्राणीको सुखशान्तिको कामना गर्दै गुम्बामा पुजा गरिने  वताए ।

324345039_3388136801458146_8484400906217705758_n
Comments

सम्बन्धित खवर