•  १० मंसिर २०८१, सोमबार
  •  11:29:21 AM

उपसभामुखको मनोनयन दर्ता आज, निर्वाचन  आइतबार

- माघ ६, २०७९ मा प्रकाशित



काठमाडाै । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन प्रक्रिया आजबाट सुरु भएको छ । बिहीबार सभामुखको निर्वाचन भएको थियो । संघीय संसद सचिवालयका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत आज उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

मनोनयन दर्ताको मिति दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारको नामावली भने शनिबार प्रकाशन गरिनेछ । मतदान आइतबारको प्रतिनिधिसभा बैठकमा हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

 सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । गठबन्धनले रास्वपाकी सोविता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ ।

Comments

सम्बन्धित खवर