प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता
- पुष ३०, २०७९ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज (शनिबार) साँझ प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री लामिछाने बालुवाटार पुगेका हुन् ।
दुई नेताबीच मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको उनीहरु निकट स्रोतहरुले जानकारी दिएका छन् । सत्तारुढ दलहरुबीच राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ मन्त्री र एक राज्यमन्त्री रहने सहमति भएको नेताहरुले बताएका छन् । यद्यपि सबै सत्ता साझेदार दलहरुबीच सहमति नहुँदा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।
शनिबार विहान प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । शनिबार दिउँसो अनलाइनका सम्पादकहरुसँगको कुराकानीमा प्रचण्डले मन्त्रिपरिषद विस्तारमा ओली र आफू सहमति नजिक रहेको बताएका थिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments